News in Nepali

मधेस प्रदेशका मुख्यमन्त्रीले मागे कांग्रेससँग विश्वासको मत

Lumbinikhabar Online

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेससँग विश्वासको मत मागेका छन् ।

मुख्यमन्त्री यादवले कांग्रेसका प्रदेश अध्यक्ष एवम् संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई भेटेर विश्वासको मत दिन आग्रह गरेका हुन् ।

प्रदेशसभा बैठकमा आज मंगलबार मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै छन् ।

गत पुस २७ गते ६३ सांसदको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका थिए । लोसपाले पनि पछि समर्थन गरेपछि उनलाई समर्थन सांसदको संख्या ७२ पुगेको छ ।

Tags

छुटाउनु भयो कि ?