माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबीच एकीकरणको प्रक्रिया सुरु भएको छ
दुवै दलले एकताका लागि वार्ता गर्न समिति पनि गठन गरिसकेका छन् । हुन त माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाबीच एकताका लागि पनि छलफल भएको थियो तर अहिले नेकपा एकीकृत समाजवादी र जसपाले मात्र समिति नै बनाएर प्रक्रियालाई अगाडि बढाएका छन् ।