माघी पर्व सकिएसँगै थारू समुदायमा बरघर तथा भलमन्सा छनोट सुरु भएको छ । माघीको दोस्रो दिन सोमबार थारू बस्तीमा सबै भेला भएर बरघर तथा भलमन्सा छान्न थालेका हुन् ।
गाउँ बस्तीमा हुने सामाजिक कार्यदेखि अन्य गतिविधिको नेतृत्व गर्न बरघर छान्ने गरिन्छ । उनकै नेतृत्व र निर्णयका आधारमा गाउँमा हुने सामाजिक कार्यहरूमा सबैको सहभागिता हुन्छ ।