News in Nepali

बस र कार ठिक्किदा कार चालकको मृत्यु

Lumbinikhabar Online

सिराहाको धनगढीमाई नगरपालिका– ५ गोठस्थित सडकमा सोमबार बिहान कोइला बोकेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । गोलबजारस्थित जयगोविन्द साह पोलिटेक्निक इन्स्टिच्युटका प्रिन्सिपलसमेत रहेका बाली विशेषज्ञ करिब ६५ वर्षीय राजेन्द्र साहको मृत्यु भएको हो ।

सुखीपुर नगरपालिका– ८ स्थित घरबाट प्र.२–००१–००३ प ५२९७ नम्बरको मोटरसाइकल चढेर उत्तरतर्फ आउँदै गर्दा गोठनजिक दक्षिणतर्फ जाँदै गरेको डब्लुबी ६५ बी ७४३९ नम्बरको ट्रकमा ठोक्कएर साहको सोमबार बिहान करिब ९ बजेतिर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

हुस्सुले बाटो नदेखिँदा कोइला बोकेको ट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवाष बुढाथोकीका अनुसार मृतक साह सवार मोटरसाइकल, ट्रकसहित चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

मृतक साहको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान ल्याइएको र थप अनुसन्धान भइरहेको उनले बताए । इन्स्टिच्युटका संचालक समिति सदस्य विक्रम साहका अनुसार मृतक साहका दुई छोरा काठमाडौं र धनुषाको ढल्केवरमा तथा एक छोरी बेलायतमा छन् । पोष्टमार्टमपछि उनीहरु नआउञ्जेल शव अस्पतालमा राखिने र त्यसपछि मात्र दाहसंस्कार गरिने उनले बताए ।

Tags

छुटाउनु भयो कि ?