News in Nepali

विमान दुर्घटनामा परेका ६४ शव पुर्याइए पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

Lumbinikhabar Online

पोखराको सेती नदीको खोंचमा आइतबार बिहान भएको विमान दुर्घटनामा परी मृत्यु भएकामध्ये ६४ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको छ ।

दिउँसो ४:१५ बजेसम्म एक बच्चासहित ६४ जनाको शव अस्पताल ल्याइएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा डा भरतबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान गर्ने प्रक्रिया सुरु भएको छ ।

Tags

छुटाउनु भयो कि ?