News in Nepali

चिनियाँ रासायनिक कारखानामा विस्फोट दुइजनाको मृत्यु

Lumbinikhabar Online

चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी दुईजनाको मृत्यु भएको छ भने अन्य १२ जना हराइरहेका छन् । घटनामा ३४ जना घाइते भएका छन् । उत्तरपूर्वी लियाओनिङ प्रान्तको पानसान काउन्टीमा रहेको एक कारखानामा आइतबार दिउँसो विस्फोट भएको सरकारी प्रसारक सिसिटिभीले जनाएको छ ।

विस्फोटपछि १२ जना हराइरहेका र घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै सिसिटिभीले जनाएको छ । सिसिटिभीले भनेको छ, ‘आगो अहिले नियन्त्रणमा आइसकेको छ ।’

सिसिटिभीले सार्वजनिक गरेको भिडियो र तस्बिरमा कारखानाबाट बाक्लो धुवाँ र आगोको मुस्लो देखिन्छ भने प्लान्टबाहिर हेल्मेट लगाएका अग्नि नियन्त्रकहरूको एक समूह देखिएको छ ।

आगलागी नियन्त्रणका लागि तीन सय ३० भन्दा बढी अग्नि नियन्त्रक परिचालन गरिएको सिसिटिभीले जनाएको छ । गत डिसेम्बरमा उत्तरपश्चिम चीनको सिन्जियाङ क्षेत्रमा रहेको एक सुनखानीमा भएको विस्फोटमा परी १८ जना सुरुङमा फसेका थिए ।

Tags

छुटाउनु भयो कि ?