आइतबार यती एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएका यात्रुमध्ये २६ शवको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६७ जनाको शव लगिएको र तीमध्ये हालसम्म २६ जनाको पहिचान खुलेको जानकारी दिए ।