News in Nepali

अफगानिस्तानकी एक जना पूर्वसांसदको गोली हानी हत्या

Lumbinikhabar Online

अफगानिस्तानकी एक जना पूर्वसांसदको गोली हानी हत्या गरिएको छ।

समाचार संस्था रोयटर्सका अनुसार काबुलस्थित आफ्नै घरमा उनलाई अज्ञात समूहले गोली हानेको हो।

आइतबार भएको उक्त आक्रमणमा पूर्वसांसद ३२ वर्षीया मरसल नविजादा र उनका सुरक्षा गार्ड मारिएका छन् भने उनका भाइ घाइते भएका छन्।

प्रहरीले हत्याको गम्भीर अनुसन्धान भइरहेको बताएको छ।

Tags

छुटाउनु भयो कि ?