News in Nepali

तारेभीरमा साहित्य सम्मेलन सम्पन्न

Lumbinikhabar Online

काठमाडौँको गोकर्णेश्वरमा तारेभीर साहित्य मम्मेलन सम्पन्न भएको छ । वरिष्ठ साहित्यकार गोबिन्द घिमिरे `वेदमणी´को अध्यक्षता तथा नेकपा एमालेका नेता एवं बाग्मती प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री तथा संविधानसभा सदस्य रामेश्वर फुयालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

माघ एक गतेका दिन हुन लागेको नवौं तारेभीर महोत्सवको पूर्वसन्ध्यामा भएको उक्त साहित्य सम्मेलनमा बिशिस्ट साहित्यकार कर्णाद महर्षी ,मन्जुश्री प्रधान लगायत करिब ५६ जना साहित्यकारहरुले आफ्नो रचना वाचन गरेका थिए ।

कार्यक्रममा तारेभीरको सभ्यता र सँस्कृतीलाई झल्काउदै तामाङ पोसाकका सजिएका महिलाहरूले पुष्प गुच्छा हस्तान्तरण गरि साहित्यकारहरुलाई स्वागत समेत गरे । यसै क्रममा स्वागत मन्तव्य राख्दै तारेभीर महिला समूहकी अध्यक्ष सुनिता रानामगरले अतिथिहरुको आगमनले तारेभीर धन्य भएको बताइन् । कुनै समयमा कर्णाली प्रदेशको जुम्ला भन्दापनी पछि परेको ठाउँको रुपमा चिनिने तारेभीरले सडक विस्तारको क्षेत्रमा फड्को मारे संगै उक्त ठाउँको रुपरेखा नै बदलिएको बताइन ।

यस्तै कार्यक्रमका प्रमुख अतिथि नेता रामेश्वर फुयालले तारेभीर वास्तमै स्वर्गको एक टुक्रा भएको बताए । कुनै बेला विकासका दृष्टिले पछि परेको उक्त ठाउँमा पछिल्लो समयमा भएको विकासले जनस्तरमा परिवर्तन ल्याएको बताए । वरिष्ठ साहित्यकारहरुको उपस्थितिले आफू धेरै खुसी भएको भन्दै तारेभीरले पनि साहित्यकारहरुमा आनन्द महसुस गराएको हुनसक्ने विश्वास व्यक्त गरे ।

Tags

छुटाउनु भयो कि ?