नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्न पाइन्छ भन्ने मान्यता सत्ता गठबन्धनकै हो भनेर प्रधानमन्त्रीलाई सोधेका छन् ।
विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै एकीकृत समाजवादीका अध्यक्ष नेपालले कसैको लहडको भरमा प्रतिनिधिसभा विघटन गर्न नपाइने बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम नलिई उनले संसद विघटन गर्न पाइन्छ भनेको सुनेको भन्दै उनले प्रधानमन्त्रीलाई प्रश्न गरे, ‘यो मान्यता यो गठबन्धनको हो ? यदि यो हो भने खतरनाक संकेत दिन्छ ।’