नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले रेशम चौधरीको रिहाइको माग गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने सन्दर्भमा मंगलबार संसद बैठकलाई सम्बोधन गर्दै उनले भने
‘टिकापुर घटनाको सन्दर्भमा रेशम चौधरीलाई रिहाइ गर्ने कुरामा सरकारले उच्चतम प्राथमिकता दिएर उहाँलाई रिहाई गर्न ध्यान जाओस्,’
चौधरी २०७२ सालमा भएको टिकापुर आन्दोलनमा भएको हत्याकाण्ड पछि जेलमा छन् ।