News in Nepali

प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतम बने उम्मेदवार

Lumbinikhabar Online

नेकपा माओवादी केन्द्रले प्रदेश १ को सभामुखको उम्मेदवार बाबुराम गौतमलाई बनाएको छ । माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्य गणेश उप्रेतीका अनुसार  प्रदेश १ को सभामुखको उम्मेदवार ओखलढुंगाबाट निर्वाचित सांसद गौतमलाई बनाउने निर्णय भएको छ ।

माओवादी केन्द्रमा नारायण बुर्जामगर र राजेन्द्र कार्की पनि सभामुखको आकाङ्क्षी थिए । तर माओवादी केन्द्रको प्रदेशसभा संसदीय दलको बैठकले गौतमलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

Tags

छुटाउनु भयो कि ?