सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी गर्न लागेको नेकपा (एमाले) लाई नागरिक उन्मुक्ति पार्टीले समर्थन गर्ने भएको छ।
उन्मुक्ति पार्टीका एक पदाधिकारीले दिएको जानकारीअनुसार समर्थन दिए पनि सरकारमा सहभागी हुनेबारे भन्ने अहिलेसम्म निर्णय नभएको बताइएको छ ।
उन्मुक्ति पार्टीको समर्थन पाएसँगै सुदूरपश्चिममा एमालेका राजेन्द्र रावल मुख्यमन्त्री बन्ने पक्का भएको छ।
सत्तारूढ गठबन्धनले सुदूरपश्चिमको मुख्यमन्त्री एमाले र माओवादी केन्द्रबीच आलोपालो गर्ने सहमति गरेका छन्।
सुदूरपश्चिममा मुख्यमन्त्रीमा दाबी पेश गर्न बुधबारसम्मको समय छ।