नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशसभामा नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेललाई मुख्यमन्त्री बनाउन सघाएको छ ।
जम्कट्टेल नेकपा एमाले, राप्रपा, एकीकृत समाजवादीसहितका दलको ७० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका छन् । एकीकृत समाजवादीका नेता लक्ष्मण लम्सालले वामपन्थी सरकार बनेकाले आफूहरु सर्मथन गर्ने निष्कर्षमा पुगेको बताए ।