उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारका विषमया सरकार निर्मम भएर उत्रिने बताएका छन् ।
आज संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘मुलुक र मुलुकवासीका लागि हिजो गरेका वाचा पूरा गर्न तयार भएका छौँ । हाम्रो सांसदका कारण संसदमा शीर झुकाउनुपर्ने छैन ।’ उनले सरकार भ्रष्टाचार छानबिनमा खरो भएर उत्रिने बताए । ‘भ्रष्टाचारका विषमया सरकार निर्मम भएर उत्रिन्छ । संसदले पनि त्यस्ता भ्रष्टाचारका घटना छानबिनका लागि फाइल खोल्नुपर्छ,’