कम्बोडियामा आगलागीका कारण ज्यान गुमाएका झापाका निराकर पाण्डेको शव ल्याउनका लागि सरकारले नै खर्च व्यहोर्ने भएको छ।
पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको स्रोतले जनाएको छ । यसअघि बिहीबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहालले निराकरको परिवारलाई शव जति सक्दो चाँडो नेपाल ल्याउन पहल गर्ने बताएका थिए।
गत पुस १६ गते निराकरको कम्बोडियामा आगलागीका कारण मृत्यु भएको थियो।