News in Nepali

कार्यक्रममा हिँडेका नेता फुयाल एकाएक हस्पिटलमा

Lumbinikhabar Online

सुरुङ मार्ग निर्माण सम्बन्धि विकास अन्तक्रिया कार्यक्रममा हिँडेका नेता रामेश्वर फुयाल एकाएक हस्पिटल पुगेका छन् । नेकपा एमालेको पार्टी केन्द्रिय कार्यालय च्यासलबाट जोरपाटी हुँदै बालुवामा आयोजित उक्त कार्यक्रमका लागि हिँडेका उनी सडक दुर्घटनामा परि घाइते भएकी एक महिलालाई लियर हस्पिटल पुगेका हुन् ।


मंगलबार दिउसो काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ स्थित बेसिगाउँमा हेटौँडाको भैँसे स्थायी घर भएकी २८ वर्षीय भावना तामाङ मोटरसाइकलको ठक्करबाट घाइते भएकी थिइन । त्यसैबेला नेता फुयाल त्यही बाटो भएर कार्यक्रममा जानेक्रममा उनको भेट घाइते अवस्थामा रहेकी तामाङ संग भएको थियो । सडक छेउमा छ्टपटाइ रहेकी तामाङको अवस्थालाई देखेपछि नेता फुयाल आफ्नो गाडिबाट ओर्लिएर तत्काल उद्धार गर्न भन्दै काठमाडौँको अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेज पुगेका थिए । घाइते तामाङलाई बोकि हस्पिटल पुगेका नेता फुयालले भने ” गोकर्ण – बुढानिलकण्ठ सुरुङ निर्माण सम्बन्धि विकास अन्तरक्रीया कार्यक्रमना जान लागेको थिएँ । अचानक सडक छेउमा केही मान्छेहरू जम्मा भएको देखे । गाडी रोकेर हेर्दा एक महिला घाइते अवस्थामा छट्पटाइ रहेकि थिइन । एसो बुझ्दा उनी छहारी क्लबमा रहेको सरस्वती स्कुलमा बच्चालाई खाजा पुर्‍याएर आएकी रैछ्न त्यसैबेला जोरपाटी बाट गोकर्ण तर्फ जादै गरेको मोटरसाइकलले ठक्कर दिएछ । उनले थपे ” रगताम्मे भएर बाटोमा छट्पाटाइरहेकी उनलाई छोडेर जान मन लागेन । मान्छेको ज्यान भन्दा ठूलो कार्यक्रम होइन भन्ने ठानेर उनलाई आफ्नो गाडिमा राखी तत्काल हस्पिटल लियर गएँ । भावनालाई हस्पिटलमा भर्ना गरि उनको आफन्तको जिम्मा लगाएपछि कार्यक्रममा फर्किएँ । उनले भनेका छन् ।


यस्तै घाइतेका आफन्तजनहरुले रामेश्वर फुयालको कामको सराहना गर्दै नेता भनेको फुयाल जस्तै समाजसेवी हुनुपर्ने बताए । ” नेता समाजसेवी हुनुपर्दछ । जनताको भलाइ भन्दा ठूलो कुनै काम हुँदैन । त्यो काम आज रामेश्वर जि ले गर्नुभयो” नेता फुयालको प्रशम्सा गर्दै भावनाका भिनाजुले भने ।


अहिले भवनाको स्वास्थ्य अवस्था सामान्य रहेको परिवारले जनाएको छ । उनको भिनाजुका अनुसार भावनाको खुट्टामा चोट लागेको छ भने टाउको र कम्मरमा पनि सामान्य चोट देखिएको छ ।
नेत रामेश्वर फुयाल विकास निर्माण र नीति नियममा मात्र ध्यान नदिइ जनताका हरेक दुख र पीडा संग जोडिने गरेको देखिन्छ । केही समय पहिले उनी निर्वाचनको उम्मेदवार बनी चुनाव प्रचारप्रसारमा खटिरहेका बेला एस्तै घटना घटेको थियो । यो समयमा पनि उनी आफ्ना कार्यकर्ताहरुलाई कार्यक्रम स्थमै छोडी घाइतेको उद्धारमा खटिएका थिए । यसो त उनी जनताको प्रत्येक समस्याको साझेदार बन्ने एक महान नेता हुन् ।

Tags

छुटाउनु भयो कि ?