सिके राउत नेतृत्वको जनमत पार्टीले जनप्रतिनिधिहरूसँग ६ महिनाको कार्यप्रगति विवरण माग गरेको छ। गत वैशाखको स्थानीय चुनावमा पालिका र वडास्तरमा जितेका प्रतिनिधिहरूले कार्यप्रगति बुझाउनुपर्ने भएको हो।
अध्यक्ष राउतको सचिवालयले दिएको जानकारीअनुसार पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूले ६ महिनाको कार्यप्रगति विवरण अबको एक साताभित्र केन्द्रीय सचिवालयमा पेश गरिसक्नुपर्ने हुन्छ ।