कामको सिलसिलामा भारत पुगेका तीन नेपालीको कोठामा सुतिरहेको अवस्थामा निसास्सिएर मृत्यु भएको छ ।
कैलालीको गौरीगङ्गा नगरपालिका १ गोप्काका तीन जनाको मृत्यु भएको गौरीगङ्गा नगरपालिका १ का वडाध्यक्ष डबलबहादुर दियाकोटीका अनुसार मृत्यु हुनेमा । एकै परिवारका
चन्द्रभान (चन्ने) भुल, उनकी श्रीमती कुमारी भुल र दुई वर्षिया छोरीको मृत्यु भएको
हो । बन्द कोठामा कोइला बालेर सुतेका उनीहरूको निसास्सिएर मृत्यु भएको बताइएको छ । घरमा उनका साना एक छोरा र छोरी पनि छन् ।