News in Nepali

राष्ट्रपति र उपराष्ट्रपतिको चुनावका लागि आवस्यक प्रक्रिया थाल्न प्रधानमन्त्रीको आग्रह

Lumbinikhabar Online

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रिय सभा सदस्यको चुनावका लागि आवश्यक प्रक्रिया थाल्न आयोगका पदाधिकारीहरुसँग आग्रह गरेका छन् ।
बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा एस्तो आग्रह गरेका हुन् ।
राष्ट्रपति र उपराष्ट्रपति चुनावका लागि दलहरुले छलफल गरेर निष्कर्ष निकाल्ने भन्दै उनले आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह गरे। आउँदो फागुनमा रिक्त हुने राष्ट्रपति र उपराष्ट्रपति पदका लागि एक महिना अगाडि नै चुनाव गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

Tags

छुटाउनु भयो कि ?