News in Nepali

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गराउन सरकारले आवश्यक सहयोग गर्छ : मन्त्री पौडेल

Lumbinikhabar Online

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गराउन सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् ।

आइतबार पोखरा विमानस्थलको औपचारिक उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले एस्तो बतएका हुन् ।

आफू  गण्डकीको माटोमा जन्मिएको बताउँदै उनले गण्डकी प्रदेशमा अन्तर्राष्ट्रिय विमानस्थल बनाएका र अब यसलाई पर्यटकीय क्षेत्रसँग जोड्नुपर्ने बताए ।

उनले पोखरालाई पर्यटनको केन्द्रको रुपमा विकास गर्न सरकारले अन्य पूर्वाधार निमार्णलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

Tags

छुटाउनु भयो कि ?