प्रदेश १ मा प्रदेश प्रमुख परशुराम खापुङले एक हप्ताको समय दिएर बहुमतसहित नयाँ सरकार गठनको दाबी गर्न समय
दिएका छन् ।
नयाँ सरकारको दाबी गर्ने दलले आउँदो आइतवार बेलुका ५ बजेसम्म बहुमत पेस गर्नुपर्नेछ । प्रदेश सभामा कुनै पनि दलले बहुमत हासिल गर्न नसकेकाले दुई वा दुईभन्दा धेरै दल मिलेर सरकार गठन गर्नुपर्ने अवस्था रहेकोमा आउँदो आइतवारसम्म बहुमतसहित सरकारको दाबी गर्न आग्रह गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
९३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४७ जना सांसदको आवश्यक पर्छ । प्रदेश १ मा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका छ, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एक जना सांसद छन् ।