News in Nepali

भारतीय क्रिकेटर रिशव पन्त कार दुर्घटनामा परे परि घाइते

Lumbinikhabar Online

भारतीय क्रिकेटर रिशव पन्त कार दुर्घटनामा परे परि घाइते भएका  छन्। शुक्रबार बिहान उनको कार दुर्घटनामा परेको हो। उनको कार दिल्ली–देहरादुन राजमार्गमा डिभाइडरसँग ठोक्किएको थियो।

पन्तको खुट्टा, ढाड र टाउकोमा पनि चोट  लागेको बताइएको छ। दुर्घटनापछि कारमा आगो लागेको र पूरै जलेको छ।  बिहान ६ बजे पन्तलाई अस्पताल ल्याउँदा उनको अवस्था अलिक नाजुक देखिएको थियो। तर, एक्स–रेपछि हड्डीमा कुनै चोट नभएको थाहा भएको थियो। यद्यपि दाहिने घुँडाको लिगामेन्टल चोट छ।

Tags

छुटाउनु भयो कि ?