News in Nepali

इजरायलको बिन्ज्यामिन नेतान्याहु प्रधानमन्त्रीमा छैटौं पटक निर्वाचित

Lumbinikhabar Online

इजरायलको प्रधानमन्त्रीमा बिन्ज्यामिन नेतान्याहु पुनः निर्वाचित भएका छन्  । एक सय २० सदस्यीय संसदमा ६३ जना सांसदको समर्थनमा उहाँ प्रधानमन्त्री बनेका हुन्  । योसहित ७३ वर्षका नेतान्याहु छैटाैँ पटक प्रधानमन्त्री बनेका हुन्  ।

विगत दुई वर्षदेखि उनि सत्ताबाट बाहिर थिए । प्रधानमन्त्रीको शपथ ग्रहणसँगै प्रधानमन्त्री नेतान्याहुले आफ्नो तीन वटा राष्ट्रिय लक्ष्य रहेको बताए । पूरै देशमा बुलेट रेल चलाउने, इरानको परमाणु कार्यक्रमलाई रोक्ने र अरब देशहरूलाई सम्झौताको दायरामा ल्याउनु आफ्नो मुख्य प्राथमिकता भएको उनले

बताएका छन् ।

Tags

छुटाउनु भयो कि ?