News in Nepali

दक्षिण कोरियाको एक सुरुङमा भएको आगलागीमा परी ६ जनाको मृत्यु

Lumbinikhabar Online

दक्षिण कोरियाको राजधानी सियोलबाट करिब २० किलोमिटर दक्षिणमा रहेको ग्वाचेओनमा रहेको दोस्रो ग्योन्गिन एक्सप्रेसवेको ध्वनि प्रतिरोधी सुरुङमा लागेको आगलागीमा परी ६ जनाको मृत्यु भएको योनहाप न्यूज एजेन्सीले बिहीबार जनाएको छ

स्थानीय समयानुसार बुधबार दिउँसो १ बजेर ४९ मिनेटमा आगलागी भएको हो । बस र ट्रक बीचको ठक्करपछि दुर्घटना हुँदा आगलागी भएको र सुरुङमा आगो फैलिएको विश्वास गरिएको थियो । आगलागीबाट विषाक्त ग्यास निस्किएपछि यसबाट प्रभावित थप २० जनाको उपचार भइरहेको छ ।

Tags

छुटाउनु भयो कि ?