नवनियुक्त महान्यायाधिवक्ता दिनमणि पोखरेलले बाहिरी ‘पर्सेप्पसन’ परिवर्तन गर्नु आफ्नो दायित्व भएको बताएका छन् । बिहीबार शपथपछि पदभार ग्रहण गर्दै उनले नागरिकहरुले न्याय क्षेत्रप्रतिको बनाइरहेको धारणालाई बदल्लका लागि सबैले प्रयास गर्नुपर्ने र त्यसका लागि आफूले पनि काम गर्ने बताए ।
‘धेरै हामी सबैको पहिलो दायित्व भनेको बाहिरी ‘पर्सेप्पसन’ परिवर्तन गर्नु हो,’ महान्यायाधिवक्ता पोखरेलले भने,’संस्था र संस्थाको गरिमा नरहे जुनसुकै पदमा रहनुको अर्थ हुँदैन त्यसैले हामी सबै मिलेर न्याय क्षेत्रको ‘इन्टिग्रिटी’ बढाउने काम गरौं ।’