गण्डकी प्रदेशसभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । पोखरा नदीपुरस्थित प्रदेशसभामा ५९ जना सांसदले बिहीबार शपथ लिएका हुन् ।
ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सांसदहरूले शपथ गराएका हुन् । बस्यालले बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट शपथ लिएका थिए । प्रदेशमा कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एक स्वतन्त्र सांसद छन् ।