News in Nepali

काठमाडौं महानगरपालिकाले दमकल स्टेशन थप्दै

Lumbinikhabar Online

काठमाडौं महानगरपालिकाले नगरभरी जुनसुकै स्थानमा आगलागी हुँदा पनि तत्काल नियन्त्रणमा लिनेगरी दमकल स्टेशन थप्ने भएको छ ।

महानगरका अनुसार आगलागी भएको स्थानमा ढिलोमा ५ मिनेटभित्र दमकल पुग्ने गरी स्टेशनहरु निर्माण भइरहेको बताइएको

छ ।

स्रोतका अनुसार महानगरले यो वर्ष मात्रै ३ वटा दमकल स्टेशन थप्दै छ जसअनुसार बालाजु स्टेशन विहीबारबाट सञ्चालनमा आएको छ ।

बालाजु स्टेशनमा दूई वटा दमकल, दुईवटा फायर मोटरसाईल रहेको छ ।  ३ वटा स्टेशनमा गरी अहिले महानगरसँग ७ वटा दमकल तयारी अवस्थामा रहेको छ । यो वर्षमा नै नयाँ दमकल, भर्‍याङ, फायर मोटरसाईकल जस्ता अग्नी नियन्त्रणका सामाग्रीहरु खरिद गर्ने महानगरले तयारी रहेको छ ।

यस्तै महानगरको बल्खुमा पनि यही वर्ष दमकल स्टेशन निर्माण हुने भएको छ ।

Tags

छुटाउनु भयो कि ?