प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्डलाई भेट्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली खुमलटार पुगेका छन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष ओली केहीबेर अघि खुमलटार पुगेको बताइएको छ । विरलै प्रचण्ड निवास पुग्ने गरेका ओली आज तेस्रो पटक त्यहाँ पुगेका हुन् । उनी अन्तिमपल्ट नेकपा विभाजन हुँदा खुमलटार पुगेका थिए । भेटमा उनीहरुबीच मन्त्रिपरिषद विस्तार र माधव नेपालको पार्टीलाई सरकारमा सहभागी गराउने विषयमा छलफल गर्ने जनाइएको छ । स्रोतका अनुसार खुमलटारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि बोलाइएको छ ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६