टप खबर

पासपोर्ट र लाइसेन्स लिन लाइन लाग्नुपर्ने व्यवस्था अन्त्य गर्ने मन्त्रिपरिषदको पहिलो निर्णय

Lumbinikhabar Online

सोमबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको बसेको नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आदि वितरण कार्यमा सुधार गर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको पहिलो मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

अहिले राहदानी बनाउन र लाइसेन्स लिन सेवाग्राहीहरु घण्टौँ लाइनमा बस्नुपर्ने अवस्थालाई अन्त्य गर्न सेवामा सुधार गर्ने बैठकले निर्णय गरेको छ । साथै, उक्त अवस्थामा सुधार गर्न र नागरिकलाई सहज सेवा दिने काम गर्न निर्देशन दिने पनि निर्णय भएको छ ।

यसैगरी अर्थतन्त्रमा सुधार, राजस्व चुहावट नियन्त्रण, सुशासन र जनतालाई परिवर्तनको अनुभूति दिने विषयबारे पनि बैठकमा छलफल भएको छ।

Tags

छुटाउनु भयो कि ?