टप खबर

नयाँ सरकार गठन प्रक्रिया अगाडि बढ्यो

Lumbinikhabar Online

सत्ता गठबन्धनले नयाँ सरकार गठन प्रक्रिया अगाडि बढाएको छ। सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरिरहेका छन्।  कांग्रेसले आज आफ्ना सांसदहरूलाई बालुवाटार बोलाएर हस्ताक्षर संकलन गर्दै छ भने नेकपा माओवादी केन्द्रले हिजोदेखि नै सांसदहरूको हस्ताक्षर संकलन गरिरहेको छ। नेकपा एकीकृत समाजवादीले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरिसकेको छ। नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले सांसदहरूको हस्ताक्षर भइसकेको जानकारी दिए।  माओवादी सांसद माधव सापकोटाले सांसदहरूलाई बोलाएर माइन्युटमा हस्ताक्षर गराउने क्रम जारी रहेको बताए। सत्ता गठबन्धन दल कांग्रेसका ८९, माओवादी केन्द्रका ३२ र एकीकृत समाजवादीका १० जना सांसद रहेका छन्। 

Tags

छुटाउनु भयो कि ?