चलचित्र हलमा विश्वकप फुटबलका खेल प्रदर्शन गर्न लागिएको भन्ने समाचार बाहिरिएपछि चलचित्र विकास बोर्डले उक्त कार्य रोक्न निर्देशन दिएको छ । चलचित्र हललाई चलचित्रमात्र प्रदर्शन गर्ने अधिकार रहेको भन्दै बोर्डले विश्कप फुटबलको खेल प्रदर्शन गरे कारबाही गर्ने चेतावनी दिएको छ । शुक्रबार बोर्डका अध्यक्ष भुवन केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा ‘चलचित्र प्रदर्शन गर्न दिइने इजाजतपत्रको अनुसूची ७ मा व्यवस्था भएको चलचित्र प्रदर्शन गर्न दिइने इजाजत पत्रको खण्ड ७ मा इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्त बमोजिम’ मात्र चलचित्र घरमा चलचित्र प्रदर्शन गर्नुहुन सूचित गरिन्छ ।’’
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६