टप खबर

“मिस इकलेज २०२३” को लागि आवेदन फारम खुल्ला

Lumbinikhabar Online

मंसिर १९, काठमाडौं, विगत १४ वर्ष देखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगीताहरुको आयोजना गर्दै आएको सिजन मिडियाले मिस ईकलेज २०२३ को एघारौंै संस्करणको लागि आवेदन फारम खुल्ला गरिएको जानकारी दिएको छ । उपत्यका लगायत मोफसलका विभिन्न कलेजमा अध्ययरत १६ वर्ष देखि २५ वर्ष सम्मका छात्राहरुलाई मध्यनजर राखि “ मिस ईकलेज २०२३” को आयोजना गर्न लागिएको सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले वताउनु भयो ।

कलेज स्तरका युवतीहरुको शैक्षिक विकास , व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वैदेशिक शिक्षाको लागि अवसर साथै उनीहरुको आन्तरीक क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गराई एक शिक्षित व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रम गरिएको हो । विगत १३ वर्षदेखि काठमाडांैमा रहेर राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा विभिन्न सामाजिक सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले गरेको यो एघारौैं चरणको लागि आवेदन फारम खुल्ला गरिएको हो उक्त कार्यक्रममा विभिन्न कलेजहरुवाट २१ जना प्रतियोगीहरुलाई सहभागी गराइने छ ।

‘…Student’s personality education and beauty भन्ने नाराका साथ नेपाल अधिराज्यभर रहेका कलेजमा अध्ययनरत सम्पूर्ण छात्राहरुलाई सहभागी गराइने छ । यस कार्यक्रममा सहभागी समपूर्ण प्रतियोगीहरुलाई सहभागी सम्पूर्ण प्रतियोगीहरुलाई विभिन्न विषयमा अध्ययन गर्न चाहेमा नेपाल एयर होस्टेज एकेडेमीमा रु ७ हजार बरावरको छुट, त्यसै गरी फेशन डिजाइन कोर्षमा रु ७ हजार बरावरको छुट ,मेकअप तालिम लिन परेमा रु ५ हजार वरावरको रकम छुटको व्यवस्था पनि गरिएको छ भने उच्च शिक्षामा विभिन्न छात्रावृत्तिहरु प्रदान गरीने छ ।

यस कार्यक्रमको लागि सहभागीताको लागि पौष पहिलो साता सम्म आवेदन फारम सिजन मिडियाको कार्यालय कमलादीमा भर्न सकिनेछ । उत्त प्रतियोगीताको अन्तिम प्रतिष्प्रधा माघको पहिलो साता राजधानीमा सम्पर्न हुनेछ । प्रतियोगिताका विजेताहरुले “मिस ईकलेज २०२३” कोे ताज उपाधि सहित स्नातक तहमा २ लाख वरावरको छात्रावृत्ति लगायत विभिन्न पुरस्कारहरु प्रदान गरीने छ भने अन्य विजेताहरुलाई मोडलिङ ,म्यूजिक भिडियो, फिल्म तथा विभिन्न व्राण्डको व्राण्ड एम्वासडरको भूमिकामा सहभागी गराइने छ भने अनय विभिन्न अवसरहरु प्रदान गरिनेछ । साथै उच्च शिक्षाको लागि विभिन्न देशमा अध्ययनको लागि छात्रावृत्ति पनि उपलव्ध गराइने छ । भने अन्य गिफ्टहयाम्पर पाउने छन यस बाहेक अन्य विभिन्न १० विधामा पनि विजेता छनौट गरिनेछ ।

आयोजक सिजन मिडिया प्रदिपराज वन्त(अध्यक्ष) सम्पर्कः–४२३८४०१, ९८५१०४४८३५,९८०१३४४८३५

Tags

छुटाउनु भयो कि ?