खेलकुद

अष्ट्रेलियालाई पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइनलमा, मेस्सीको जीवनको एक हजारौं गोल

Lumbinikhabar Online

गएराति भएको खेलमा अष्ट्रेलियालाई पराजित गर्दै अर्जेन्टिना कतारमा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

शनिबार राति कतारको अहमेद बिन अलि स्टेडियममा अर्जेन्टिनाले अष्ट्रेलियालाई २–१ गोल अन्तरले पराजित गरेको हो।

अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले एक एक गोल गरे। उता
अष्ट्रेलियाले भने आत्मघाती गोल उपहार पाएको हो।

खेलको पहिलो हाफको ३५ औं मिनेटमा कप्तान मेस्सीको गोलमा अर्जेन्टिनाले सुरुवाती अग्रता बनाएको थियो। यो मेस्सीको खेल जीवनको एक हजारौं गोल हो।

Tags

छुटाउनु भयो कि ?