टप खबर

अनुमति लिएर अमेरिकी रादूतसँग भेटेको हो : मेयर बालेन

Lumbinikhabar Online

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले अमेरिकी रादूतसँग भेट गर्दा परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिएको प्रष्ट पारेका छन् । नेकपा (एमाले) का नेता भीम रावलले अमेरिकी राजदूत डिन आर थम्पसनसँग बालेनको भेटबारे चासो व्यक्त गरेपछि बालेनले यस्तो प्रष्टोक्ति दिएका हुन् । रावलले राजदूत थम्पसनसँग भेट्दा मेयर साहले परराष्ट्र मन्त्रालयबाट अनुमति लिए नलिएको विषयमा चासो व्यक्त गरेका थिए ।

यसबारे जवाफ दिँदै बालेनले फेसबुकमा लेखेका छन्, ‘अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं ।’ आफूहरुलाई विदेशीसँग सहयोग माग्ने कुनै रहर नभएको उल्लेख गर्दै बालेनले उल्टै अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्ने प्रतिबद्धता जनाएर पठाएको जनाएका छन् ।

Tags

छुटाउनु भयो कि ?