टप खबर

भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आयो

Lumbinikhabar Online

बिहीबार भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ र डिजेलमा ११ रूपैयाँ मूल्य घटाएर पठाएको हो ।

बिहीबारको नयाँ मूल्यअनुसार नेपाल आयल निगमलाई डिजेलमा ५० पैसा र पेट्रोलमा १३ रूपैयाँभन्दा बढी नाफा रहेको छभने निगमलाई सबै गरेर अबको मूल्यअनुसार पन्ध्र दिनमा ५८ करोड रूपैयाँ नाफा हुनेछ।

भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आए पनि नेपाली बजारमा पेट्रोल र डिजेलको मूल्य घटाउन या नघटाउने त्यसबारे कुनै छलफल नभएको बताइएको छ । भारटमाट पेट्रोल र डिजेलको मूल्य घटेर आए पनि निगमले आइओसी र नेपाल सरकारको गरेर अझै १५ अर्ब रूपैयाँ ऋण तिर्न बाँकी रहेको र तत्काल पेट्रोल र डिजेलको मूल्य घटाउनेबारे टुंगो लगाइएको छैन ।

Tags

छुटाउनु भयो कि ?