खेलकुद

कोस्टारिका माथि ४–२ ले जिते पनि जर्मनी विश्वकप फुटवलबाट बाहिरियो

Lumbinikhabar Online

कतारमा जारी फिफा विश्वकप फुटवल २०२२ अन्तर्गत समूह ‘इ’बाट जापान र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन्।

समूह चरण अन्तर्गत गएराति भएका अन्तिम खेलपछि छ अङ्कका साथ जापान समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। चार अङ्क जोडेको स्पेन उपविजेतामा सीमित भयो। स्पेनसँग समान चार अङ्क हुँदा पनि जर्मनी भने नकआउट चरणमा प्रवेश गर्न सकेन।

समूह चरणको अन्तिम खेलमा ४–२ को गोल अन्तरले कोस्टारिकामाथि जित हासिल गरेपनि जर्मनी समूह चरणबाट बाहिरियो।
स्पेनविरुद्धको खेलमा जापानको जितसँगै जर्मनीको नकआउट चरणमा प्रवेश गर्ने योजना सफल हुन सकेन भने कोस्टारिका तीन अङ्कका साथ पुच्छारमा रहँदै समूह चरणबाट बाहिरियो।

Tags

छुटाउनु भयो कि ?