खेलकुद

पोल्याण्डलाई २–० ले पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबलको नकआउट चरणमा

Lumbinikhabar Online

पोल्याण्डलाई २–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना कतार विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई २–० ले पराजित गरेको हो । कतारको स्टेडिय ९७४ मा भएको खेलमा अर्जेन्टिनाका लागि एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजले एक एक गोल गरे ।

यो खेलमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी पेनाल्टीमा चुकेका थिए । खेलको ३९ औं मिनेटमा मेस्सी पेनाल्टीमा गोल गर्न चुकेका हुन् ।

Tags

छुटाउनु भयो कि ?