टप खबर

काठमाडौँ ५ का निर्वाचित सांसद प्रदीप पौडेलले प्रतिस्पर्धी उम्मेदवारहरुसँग गरे छलफल

Lumbinikhabar Online

काठमाडौँ ५ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद एवं नेपाली कांगेसका युवा नेता प्रदीप पौडेलले प्रतिस्पर्धी उम्मेदवारहरुसँग छलफल गर्नुभएको छ ।

सो छलफलमा काठमाडौँ ५ का उम्मेदवारहरु सुशान्त श्रेष्ठ, भीम बहादुर मगर, रमेश के.सी., मधुसुदन पाठक, विनिता अर्याल को उपस्थिति रहेको थियो ।

सहभागी उम्मेदवारहरुले निर्वाचित सांसद पौडेलले निर्वाचन पश्चात छलफल कार्यक्रम आयोजना गरेर नयाँ शैलीको थालनी गरेको भन्दै आफ्नोे तर्फबाट पूर्ण साथ र सहयोग हुने प्रतिबद्दता व्यक्त गर्नुभयोे ।
छलफल कार्यक्रममा बोल्दै नवनिर्वाचित सांसद प्रदीप पौडेलले काठमाडौँ ५ मा सहभागी भएका सबै उम्मेदवारहरुका सल्लाह र सुझावका आधारमा आफु अघि बढ्ने बताउनुभयो । आगामी दिनमा पनि उम्मेदवारहरुसँग गरिने यस्ता छलफलका कार्यक्रमहरु निरन्तर आयोजना गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

सो अवसरमा यस क्षेत्रका जनताको सल्लाह, सुझाव र गुनासाहरु तथा यस क्षेत्रमा रहेका समस्याहरु सम्बोधन गर्न र सांसदसँग जोडिने माध्यमका रुपमा प्रतिस्पर्धी उम्मेदवार सुशान्त श्रेष्ठले बनाएको गुनासो एपलाई सांसद पौडेलको सचिवालयले थप परिमार्जन सहित अगाडी बढाउने विषयमा समेत छलफल भएको छ ।

Tags

छुटाउनु भयो कि ?