टप खबर

उपेन्द्र यादव लाई हराउदै सप्तरी २ मा सि के राउत निर्वाचित

Lumbinikhabar Online

मधेसमा नयाँ शक्तिका रुपमा चन्द्र कान्त अर्थात सीके राउतको उदय भएको छ । जनमत पार्टी खोलेर राजनीतिमा होमिएका सीके राउतले यसपटक मधेसमा नयाँ तरंग ल्याएका छन् । उनले आफ्नो पार्टी मात्रै होइन, मधेस भजाएर राजनीति गर्नेको ‘पसल’ बन्द गराइदिने अवस्था सिर्जना गरेका छन् ।

सप्तरी २ बाट प्रतिनिधिसभा चुनाव लडेका सीके राउतले ३५ हजार मतसहित जित हासिल गरेका छन । झण्डै दशक लामो वैचारिक र सडक संघर्षबाट उठेका सीके राउतले यसपटक मधेसको प्रतिनिधि गर्दै चुनाव जितेर संसद्मा नयाँ अनुहारका रुपमा भित्रिने भएका छन् ।

Tags

छुटाउनु भयो कि ?