गुल्मीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । बुधबार बिहान साढे २ बजेतिर सत्यवती गाउँपालिकाको कुटडाँडामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । ठूलो लुम्पेकदेखि कुटडाँडा जाँदै गरेको लु ३ च ५३४० नम्बरको जिप दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधवराज खरेलका अनुसार दुर्घटनामा परेर जिपका धनीसहित पाँच जनाको मृत्यु भएको हो ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६