टप खबर

कांग्रेस नेता प्रकाशमान सिंह काठमाडौँ १ बाट चौथो पटक विजयी

Lumbinikhabar Online

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं १ बाट लगातार चौथो पटक विजयी भएका छन् ।

प्रजातन्त्रका योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर लौहपुरुष गणेशमान सिंहका छोरा सिंहले बुबाको राजनीतिक विरासतलाई कायम राख्दै आएका छन्। सिंह यसअघि २०६४, २०७० र २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका हुन् ।

सिंहले यस निर्वाचनमा सात हजार एक सय ४० मत ल्याएर विजयी भएका छन् । सिंह उनका प्रतिस्पर्धी रवीन्द्र मिश्रभन्दा एक सय २९ मतले अगाडि रहँदै निर्वाचित भएका हुन् । मिश्रले सात हजार ११ मत ल्याएका छन् । अघिल्लो निर्वाचन २०७४ सालमा पनि सिंहले मिश्रलाई नै पराजित गरेका थिए ।

Tags

छुटाउनु भयो कि ?