समाजसेवी तथा राप्रपाका प्रभावशाली नेता विनय रावलको समर्थनमा हजारौं जनता उत्रिएका छन् । लामो समयदेखि जनताको सेवा गर्दै आएका उनी आसन्न मंगसीर -४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा बर्दिया क्षेत्र नम्बर -२ बाट उम्मेदवार समेत बनेका छन् ।
जनताको सेवा भन्दा ठूलो पार्टी र सरकार नभएको ठान्ने उनले गरिव दुखी तथा असहायको निमित्त काम गर्दै आएका छन् । गाँस बास र कपास जस्ता आधारभुत आवश्यकताहरुको पुर्ती गर्न सक्ने अवस्था समेत नभएका तथा गरिबिको जातोमुनी थिचिएर बसेका नागरिकहरुको पक्षमा आवाज उठाउदै आएका छन् ।
रावल बर्दियामा उम्मेदवार बने एता जनताको साथ निरन्तर पाइरहेका छन् । पार्टी भन्दा पनि व्यक्तिको रुपना ज्यादा छबि बनाएका रावल अहिले पनि बर्दियालि जनता संगै उनीहरुको घरदैलो गरिरहेका छन् ।
बर्दियाको विकास र समृद्धिका लागि जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहेको बताउदै आएका उनी जनताको मनमुटुमा वस्न सफल भैसकेका छन् ।
सबै जनतालाई एक रुपमा हेर्ने उनले आफूले समानताको दृष्टिकोण बाट बर्दियालि जनताको विकास र उन्नति खोजेको बताउदै आएका छन् । उनले भनेका छन् । खाना छाना र नानाको ठेगान नभएका । गरिब तथा दिनदुखी ।अशक्त अपाङ्ग दलित महिला आदिवासी जनजातिको उत्थानका लागि आफू सधैं अग्रसर रहने रावलको भनाइ छ ।
भ्रष्टाचारको दलदलमा फसेको समाजलाई माथी उठाउन र बर्दियामा रहेको चरम गरिबी र बेरोजगारीको समस्यालाई समाधान गर्न प्रमुख भूमिका खेल्ने बताउदै आएका छन् । यस्तै उनले प्रविधि मैत्री शिक्षामा जोड दिई रोजगार मुलक शिक्षा बनाउने देखि स्वास्थ्य उपचारका क्षेत्रलाई जनमैत्री बनाउने बताउने गरेका छन् ।
समग्र बर्दियाको साथ पाएका रावलले सडक यातायात तथा कृषि क्षेत्रको विकास गरि उत्पादनमा जोड दिने र स्थानीय उत्पादनलाई बजारीकरणमा लैजाने व्यवस्था मिलाउने नेता रावलको भनाइ छ । यस्तै बर्दियालि जनताको स्तर उन्नति गर्न र यहाँका सस्कृतिको उत्थानका लागि पहल चाल्ने रावलले बताएका छन् । रावल बर्दियाली जनताको विकासका लागि लामो समय देखि सक्रिय छन् ।