टप खबर

काठमाडौं ५ मा प्रदिप पौडेल को अवस्था बलियो

Lumbinikhabar Online

काठमाडौं, ५ मा उम्मेदवारी दिएका लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार प्रदीप पौडेलको पक्षमा जनलहर बढ्दै गएको छ ।
पौडेलको पक्षमा निर्वाचनको माहौल बढ्दै गएपछि, एमालेका उम्मेदवार ईश्वर पोखरेल रक्षात्मक भएका छन् । भष्ट्राचार काण्डमा परेर बदनाम छवि बनाएका कारण ईश्वर पोखरेल चुनाव हार्ने सम्भावना बढेको हो ।
पौडेल सँग चुनाव हार्ने निश्चित भएपछि, काठमाडौं, ५ भित्र पर्ने एक होटलमा आफू निकट व्यक्तिहरूलाई भेला गरेर प्रदीप पौडेलका बारेमा प्रायोजित समाचार बनाउन निर्देशन दिएका छन् ।
सो भेटघाटमा सहभागी एक व्यक्तिका अनुसार, पोखरेलले विभिन्न भ्रामक समाचार र तथ्यहीन हो हल्ला नगरे अब चुनाव जित्न नसकिने बताएका छन् ।
ईश्वर पोखरेल कोरोनाको भष्ट्राचार प्रकरण अर्थात् ओम्नी काण्ड, यति काण्डका साथै पानी ट्याकंी काण्डका कारण बदनाम छन्, काठमाण्डौं, ५ का आम मतदातामा उनीप्रति आक्रोश छ ।
लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार प्रदीप पौडेल प्रति भने मतदाता सकारात्मक छन् ।  बेदाग छवि अनि युवामाझ लोकप्रिय रहेका कारण आम मतदाताहरू पौडेलप्रति सकारात्मक छन् ।

Tags

छुटाउनु भयो कि ?