बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार ईच्छाबहादुर वाग्लेले फ्रि भिसामा मलेसिया पठाउने नभई आफ्नै क्षेत्रमा रोजगारीको वातावरण बनाउने उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् ।
बारा ४ मा चापाकल चुनाब चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेस नेता वाग्लेले आफ्ना प्रतिष्पर्धीहरुले मधेशका गरिब परिवारका यूवालाई फ्रि भिसामा मलेसिया पठाउने प्रलोभन बाँडिरहेकाले त्यस्ता उम्मेदवारलाई मत नदिन आग्रह गरेका हुन् ।
सोमबार बाराको परवानीपुर गाउँपालिकामा आयोजित एक चुनाबी सभालाई सम्बोधन गर्दै उम्मेदवार वाग्लेले आफ्नै परिवारसंग बसेर आफ्नै क्षेत्रमा रोजगारीको वातावरण बनाउन आँफूलाई मतदान गर्न आग्रह गरे ।‘३० हजार कमाउन मलेसिया होइन, बारा ४ मै प्रशस्त अवसर बनाउन सकिन्छ, त्यो वातावरण म बनाउँछु’ वाग्लेले भने ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६