टप खबर

काठमाडाैँ ३ नेकपा एमालेका उम्मेदवार घरदैलाे अभियान दिनरात खटिदै

Lumbinikhabar Online

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अब १२ दिन मात्रै बाँकी छ । निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु चुनावी एजेण्डा काठमाडाैँ ३ का नेकपा एमालेका  उम्मेदवार मतदाताका घर–घर पुर्याउन दिनरात खटिएका छन् ।

निर्वाचनमा मुख्य प्रतिष्पर्धा प्रायः राजनीतिक दलका उम्मेदवार बीच नै हुने गरेकाे छ ।  यस्तै काठमाडाै क्षेत्र न‌ं. ३ मा पनि निकै राेचक देखिएकाे छ ।

‘हजुर नमस्कार, हजुरहरु काममै हुनुहुन्थ्यो, मैले डिस्टर्व गरेँ, माफ पाऊँ है’ खेतमा कागरिरहेका  किसानहरुको नजिकै पुगेर पाठकले भने ‘चैत वैशाखमा भएको भए त घरमै भेट हुन्थ्यो, बेला यस्तै छ, हजुरहरु व्यस्त भएर घरमा भेट्न पाइएन ।’

हामि तपाईकाे घर आँगनमा आएका छाै‌ यस पली पनि सूर्यमा भाेट दिनुस् है …।
स्थानीय सँग प्रतिनिधि सभाका उमेदवार कृष्ण राई र प्रदेश सभाका उमेदवार रामेश्वर फुयाल संयुत्त घरदैले अभियानमा थिए ।

मतदातालाई भेट्दै राईले बितेका पाँच वर्षमा आफुले गरेका कामलाई हेरेर मतदान गर्न आग्रह गरे । पहिलो कार्यकाल अनुभव बटुल्ने समय भएको भन्दै जनताका सम्बोधन नभएका बाँकी मुद्दा आगामी कार्यकालमा सम्बोधन गर्ने बताए ।

‘मैले नगरेको होइन, तीन वर्ष हाम्रो सरकार थियो काम भएकै थिए, ’, फुयाल भने, ‘हिजो मैले प्रयास गरेका कयौं काम अधुरा छन्, पूरा गर्नुपर्ने छ ।’ जहाँ, काँठ चक्रपथ सुरु भयाे । फेरी म निर्वाचित भएर आएपछि काँठ चक्रपथलाई पूर्ण रुप दिने छु । धेरैकाम भैसकेकाे छ अब, केहि मात्र काम बाँकि रहेकाे फुयालले स्थानीय सभालाई संवाेधन गरे ।

स्थानियले आफ्ना गुनासा राखेका थिए । हामिलाई पनि र बत्तीकाे प्रवन्ध मिलाईयाेस् । भन्दै द्धाेय नेता राई र  फुयाललाई गुनासाे राखेका थिए । उमेदवार द्धाेय राई र फुयालले यहाँहरुकाे गुनासाेलाई छिट्टै पुरा हुने वताए ।

Tags

छुटाउनु भयो कि ?