News in Nepali

चार दिवसीय बाल संस्कार कार्यक्रम सम्पन्न

Lumbinikhabar Online

नेपाल आदर्श क्याम्पस/मा.वि.को आयोजना एवं प्राज्ञिक विद्यार्थी परिषद्को समन्वयमा प्रारम्भ भएको बाल संस्कार कार्यक्रम आज सम्पन्न भएको छ ।

कक्षा ६ देखि १२ सम्मका ४५० भन्दा धेरै विद्यार्थीहरूका माझ कार्तिक १ गतेबाट प्रारम्भ भएको कार्यक्रम कार्तिक ४ गते समापन भएको हाे ।

विद्यार्थी परिषद्का राष्ट्रिय सह संगठन सचिव र राष्ट्रिय भजन गायक हिरालाल कण्डेलकाे विशेष उपस्थितिमा भएको चार दिने बाल संस्कार कार्यक्रममा , नेपाली माैलिक संस्कार, संस्कृति, भाषा, पारिवारिक संस्कार, ध्यान, याेग, पठन संस्कृतिकाे विकास जस्ता विषयवस्तुहरू सिकाइएकाे विद्यार्थी परिषद्ले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?