बर्दिया क्षेत्र नम्बर-२ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट उम्मेदवार बनेका नेता विनय रावल बैसाखीको सहारा लियर चुनावी मैदानमा उत्रिएका छन् । उनी केही समय अघि पार्टी विषेश कार्यक्रममा काठमाडौँको याक एण्ड यति होटलको सिडिबाट लडेर घाइते भएका थिए । सोहि क्रममा उनको बायाँ खुटाको जोर्नीमा समस्या आएको थियो । त्यसको लगत्तै डाक्टर चक्रराज पाण्डेको सहायतामा उपचार गराइरहेका उनी घाइते अवस्थामै आफ्नो चुनावी क्षेत्रमा खटिएका छन् । उनले भनेका छन् ” मेरो लागि यो दुखाइ र घाइते शरिर केही होइन । जब सदियौँ देखि बर्दियावासि एस्ता दु:ख र पीडामा पिल्सिरहेका छन् । मैले उनीहरुको त्यो दुखाइ कम गर्नु छ । यहाँ गरिबी, अशिक्षा, शोषण र दमनको दुखाइले पिरोलिएका जनताको घाउमा मलम लगाउन मैले बैसाखी टेकेर भएपनि यो क्षेत्रमा आउन बाध्य भएको छु ।” नेता रावलले आफूले बर्दियाको मुहार फेर्ने सङ्कल्प गरिसकेकाले त्यसबाट विचलित हुने छुट नभएको बताए । उनले थपे “मैले बर्दियाका जनताको जीवन परिवर्तनका लागि वाचा गरिसकेकाले मलाई कुनै शक्ति र समयले रोक्न सक्दैन । चोट त के अब मृत्युले पनि मलाई आफ्नो वाचा पूरा गर्न रोक्न सक्दैन । यहाँ अन्याय र अत्याचारको चोट छ । भ्रष्टाचार र अविकसितताको चोट छ । त्यो चोट भन्दा ठूलो मेरो खुट्टामा लागेको चोट हुँदैहोइन ” नेता रावलले भनेका छन् ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६