पाँच दलीय सत्तागठबन्धनमा चुनावी तालमेलको भागभण्डा अझै टुंगो लागिसकेको छैन । गठबन्धनमा आबद्ध दलहरू छुट्टाछुट्टै आन्तरिक छलफलमा जुटेका छन् । पहिला दलहरुभित्रै आन्तरिक छलफल गरेर पुनः गठबन्धनको बैठक बस्ने तय भएको छ । हिजो पनि बसेको गठबन्धनको बैठकमा सिट बाँडफाडमा सहमति नजुटेपछि आज ११ बजेका लागि पुनः बस्नेगरी बैठक टुंगिएको थियो । आगामी मंसिर ४ मा हुने संघीय निर्वाचनमा सिट बाँडफाडमा आजको बैठकले अन्तिम टुंगो लगाउने तयारीमा दलहरु रहेका छन् ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६