News in Nepali

मुगु जिल्लाकाे महाकाली नमुना मा.विका १०० भन्दा बढी विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

Lumbinikhabar Online

प्राज्ञिक विद्यार्थी परिषद् नेपालले अत्यन्तै उचाइमा रहेकाे हिमाली जिल्ला मुगुकाे रारा नगरपालिकाकाे महाकाली नमुना मा.विका १०० जना भन्दाबढी विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेकाे छ ।
भदौ ३ गते काठमाडौंमा पत्रकार सम्मेलन गरेर सुरु गरेकाे शैक्षिक सामग्री वितरण अभियानलाई निरन्तरता दिदैँ विद्यार्थी परिषद्ले बुधबार दुर्गम हिमाली जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं १ गमगढी मा रहेको श्री महाकाली नमुना माध्यमिक विद्यालय कक्षा ११ र १२ मा अध्ययनरत १०० जना भन्दाबढी विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेकाे छ ।

उक्त वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री लोकेन्द्र बहादुर मल्ल, प्रमुख अतिथि छायाँनाथ नगरपालिका की नगर उप-प्रमुख ऐश्वर्य मल्ल, बिशिष्ट अतिथि मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी रोम बहादुर महत, ससस्त्र प्रहरी नायब उपरीक्षक श्री डम्मर बहादुर राना, जिल्ला समन्वय इकाई प्रमुख सुर्य बहादुर खत्री, सामाजिक बिकास कार्यालय प्रमुख टोप बहादुर बुढा, महाकाली मा.वि का प्राचार्य खड्का बहादूर रोकाय, छायाँनाथ रारा नगरपालिका वडा नं १ का वडा अध्यक्ष पदमराज मल्ल लगायत महाकाली म. वि का सम्पूर्ण शिक्षकहरुको काे उपस्थितिमा विद्यार्थीहरूलाई उक्त शैक्षिक सामग्री वितरण गरेकाे छ ।

Tags

छुटाउनु भयो कि ?